राजनीति

नागरिकता विधेयक फिर्ता भएपछि जनमत पार्टीको विरोध

बिज्ञापन

जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएपछि जनमत पार्टीले विरोध प्रदर्शन गरेको छ । सो पार्टीले पूर्वपश्चिम राजमार्गमा पर्ने सिरहाको गोल बजारमा प्रदर्शन गरेको हो ।

बिज्ञापन

जनमत पार्टीका नेता कार्यकर्ताहरूले राष्ट्रपति भण्डारीविरुद्ध राजमार्गमा टायर बालेर प्रदर्शन गरेका हुन् । उनीहरूको प्रदर्शनका कारण कहिबेर राजमार्ग अवरुद्ध बनेको थियो ।

जनमत पार्टीका नेता सञ्जय यादवले नागरिकता विधेयक फिर्ता गरी राष्ट्रपति भण्डारीले ठूलो गल्ती गरेको बताए । उनले तत्कालै पुनः प्रक्रिया पुर्‍याई नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउन सरकारसँग माग पनि गरे ।

नेता यादवले आफ्नै देशका नागरिकलाई अनागरिक बनाउने षड्यन्त्रमा राष्ट्रपति भण्डारी पनि सामेल भएकोमा दुःख व्यक्त गरे । उनले भने, ‘राष्ट्रपतिले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्थ्यो । तर उहाँ आफ्नै देशका नागरिकको नजरमा दोषी बन्नुभयो ।’

बिज्ञापन