राजनीति

मेरो सीट माओवादी कोटा वा गठबन्धन कताबाट लिने हो, जिम्मा प्रचण्डको- वामदेव

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा एकता अभियान सन्चालन गरिरहेका नेता वामदेव गौतमले आफूलाई गठबन्धनबाट सीट दिलाउने कि माओवादीको कोटाबाट दिने भन्ने जिम्मा प्रचण्डलाई रहेको बताएका छन् ।

माओवादीकै चुनाव चिन्हबाट निर्वाचनमा भाग लिने गरी निर्वाचन आयोगमा संयुक्त दल दर्ता गर्न पुगेका गौतमले गठबन्धनमा सामेल भएको सुनिश्चित भएकाले आफूले माओवादीको चुनाव चिन्ह लिएको बताए ।

बिज्ञापन

गौतमले भने, ‘माओवादीकै कोटाबाट मलाई सीट दिने हो कि गठबन्धनमा कुरा गरेर अलग्गै सीट दिलाउने भन्ने जिम्मा प्रचण्डलाई दिएको छु । उहाँले जसरी हुन्छ मलाई दिने हो । मैले माओवादीको चुनाव चिन्ह प्रयोग गरेको हुँ र माओवादीको गठबन्धनमा गएको हुँ ।’

गौतमले आफूले प्रतिनिधिसभातर्फ एक सीट र प्रदेशसभामा २ सीट कम्तिमा नेकपा एकता अभियानलाई दिनुपर्ने प्रस्ताव राखेको बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।