जसपाले बोलायो राजनीतिक समितिको बैठक, उम्मेदवारको मापदण्ड र सीट दाबी एजेण्डा
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले राजनीतिक समितिको बैठक बोलाएको छ ।
बुधबार दिउँसो १ बजे बालकुमारीस्थित ज्यापु समाज प्रज्ञा प्रतिष्ठानमा बैठक तय गरिएको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।
बैठक आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको तयारी, गठबन्धनमा सीट दाबी, उम्मेदवारहरूको मापदण्ड निर्धारण, विभाग तथा भ्रातृ संगठनहरूको पुनःगठन र संगठनात्मक कार्यसम्बन्धी प्रस्तावहरू बैठकका मुख्य एजेण्डा रहेको बताइएको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
