राजनीति

रवि लामिछानेको पार्टी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी आगामी प्रदेशसभा निर्वाचनमा  सहभागी नहुने भएको छ।

रवि लामिछाने अध्यक्ष रहेको उक्त पार्टीले आगामी प्रदेशसभा निर्वाचनमा सहभागी नजनाउने भएको हो ।

बिज्ञापन

पार्टीको केन्द्रिय समितिको निर्णय अनुसार यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवारी,मात्र संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने अध्यक्ष रवि लामिछानेले भिडियाे सन्देशमार्फत बताए ।

‘देशका सातै प्रदेशमा पुगेर भेला सम्पन्न गर्दा हजारौं नागरिकले दिएका अधिकांश सल्लाहमा प्रदेश संरचनाको असन्तुष्टि व्यापकरूपमा देखेको छु । प्रदेश तहको अहिलेको संरचना राज्यकोषको दोहन गरेर राजनीतिक दलका दोस्र, तेस्रा, चौथो तहका नेता व्यवस्थापन गर्ने थलो बनाइएको देखिन्छ ।’ उनले भनेका छन,’यहि संरचनामा हामी प्रदेश मातहतमा सहभागी हुनु भनेको राज्य कोष दोहनमा सहभागी हुनु बाहेक केही होइन। प्रदेश तहमा सहभागी नहुने कुराको आधिकारिक जानकारी हामीले निर्वाचन आयोगलाई गराएका छौं।’

कैयौं मानिस यसको खारेजी माग गरिरहेको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीले यसको सुधार खोजेको रविले बताएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।