स्वास्थ तथा सरसफाइ

पछिल्लो २४ घण्टामा ६२३ जना नयाँ कोरोना संक्रमित थप

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

छिल्लो २४ घण्टामा मुलुकभर ६२३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ४ हजार ९४५ नमूना परीक्षण गर्दा ६२३ जनामा संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार १ हजार ६२१ नमूना पीसीआर विधिबाट परीक्षण गर्दा २४६ जना र ३ हजार ३२४ नमूना एण्टीजेन विधिबाट परीक्षण गर्दा ३७७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ५ हजार २४ पुगेको छ । 

बिज्ञापन

संक्रिय संक्रमितमध्ये ४ हजार ८३४ जना होम आइसोलसनमा, १९० जना संस्थागत आइसोलेसन, ४९ जना आईसीयू र ६ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । 

त्यसैगरी विगत २४ घण्टामा ४८७ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । 
 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।