पदाधिकारी टुंग्याउन माओवादी स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि बस्दैछ ।
बैठक पार्टी मुख्यालय पेरिसडाँडामा दिउँसोको १ बजे बस्नेछ । आज बस्ने बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको पदाधिकारी चयन गर्ने भएका छन् ।

हिजो बसेको बैठकले ‘पदाधिकारीको विषयमा छलफल भएपनि पदाधिकारीको विषय अहिलेसम्म मूर्तरूपले टुंगिएको थिएन ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्तताले हिजो टुंग्याउन नसकिएको प्रवक्ता कृष्णबहादुर महरा भनाइ थियो ।
पटकपटक पदाधिकारी टुंग्याउने भनिएपनि अहिलेसम्मका बैठकले ठोस निर्णय गर्न सकेको छैन । यसअघि बुधबार बसेको पार्टी बैठकले पदाधिकारीबाहेकका सबै समिति टुङ्गो लगाइसकेको छ । खासगरी महासचिवको विषयले कारण माओवादीमा पदाधिकारी चयन पेचिलो बनेको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
