आस्था /आध्यात्म

राजविराजको हटियामा सत्संग सम्पन्न

बिज्ञापन

हटिया/राजविराज । राजविराजको हटियामा सत्संग सम्पन्न भएको छ । उक्त अवसरमा सत्यको बाटोलाई आत्मसाथ गरेर यहाँका सन्तहरु हिडेकोमा प्रशंसा गर्दै सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले जस्तो सुकै परिस्थिति भएपनि मनस्थितिलाई कत्तिपनि डोलायमान नबनाएर यस निराकारसंग आफ्नो ध्यान लगाई राख्नाले भक्ति प्रर्बल हुने बताउनुभयो । सन्त बिमल लगायत अनेकौं सन्त–महापुरुषहरुको तप–त्यागले आज यति धेरै सन्तहरु एकत्रित भएर सत्संग गर्ने मौका पाइरहेका छन् । यसरी यो सत्यको दरबारमा धेरै दिन त्यो मान्छे टिक्न सक्छ जसले सच्चाईको मार्गलाई आत्मसाथ गरेर अगाडि बढिरहेको हुन्छ । जो निःस्वार्थ भावले मिशनसंग जोडिएको छ, आफूलाई समर्पण गरेको छ, आफूमा कुनै प्रकारको लोभ–लाचछ छैन, हरेकलाई सम्मान दिने प्रवृत्ति हुन्छ त्यही नै टिक्न सक्छ । त्यसले गुरुमतिको बाटोलाई अपनाएर आफ्नो जीवनको उद्धार गर्न सक्छ । जसले यस अवस्थालाई पाउन सक्यो त्यो नै यो संसारमा उज्यालो हुन जान्छ । जस्तै भक्त प्रह्लादले अनेकौं यातना सहे, शबरीले बच्चादेखि वृद्धासम्म रामको प्रतिक्षा गर्नुभयो, जंगलमा अनेकौं यात्नाहरु सहेर रामको पर्खाईमा बस्नुभयो, मिराले अनेकौं दुःख–कष्ट खाएर यस परमात्मालाई पाउन सफल भईन, विषलाई हाँसी–हाँसी पिउइन, त्यो विष अमृत बन्न पुग्यो, अन्तमा उनले राम–रतन धनलाई पाउनुमा सफल हुन गइन । यसरी जस्तो सुकै परिस्थिति भएर पनि मनस्थिति एउटै रहन्छ भने त्यसले मात्र जीवन सफल पार्न सक्छ । त्यसको भक्ति मात्र प्रवल हुन जान्छ । त्यहि नै प्रिय भक्त र अनन्य भक्त बन्न सक्छ ।

बिज्ञापन

उहाँले गुरुले चाहेपछि अनेकौं कार्यहरु सम्भव हुन जान्छन्, हामीले चाहेर केहि पनि हुँदैन, त्यसको लागि मनलाई गुरुमतमा लगाई राख्न नितान्त जरुरी छ । सरकार वा सन्तहरुबाट आएको सेवालाई सदुपयोग गर्नु पर्ने उहाँले सुझाव दिनुभयो । सबैको विचार सत्मार्गतिर लम्कियोस । हामी सबै एउटै निराकारका सन्तान हौं यो आभास हामी सबैमा हुनुपर्ने बताउनुभयो । त्यसैको फलस्वरुप आज नेपाल सरकारबाट पनि मिशनलाई अनुदान आउन थालेको बताउनुभयो ।

बिहानी सत्संग कार्यक्रम सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सहसचिव नर बहादुर बिश्वकर्मा, सल्लाहकार श्रीराम काफ्ले, सन्त निरंकारी मासिक पत्रिकाका सम्पादक पूर्ण कुमाल, गायक तेज बोहरा, लगात स्थानीय सन्तहरुले आ–आफ्नो भाव प्रकट गरेका थिए । स्मरण रहोसकी यो हटियाको सत्संग भवन भारतको बिहार राज्यको सिमाना नजिक पर्ने गर्दछ ।

बिज्ञापन