माओवादीले सार्वजनिक गर्यो प्रदेश समिति बैठकको तालिका
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश समिति बैठकको तालिका सार्वजनिक गरेको छ ।
सार्वजनिक तालिकाअनुसार भदौ ७ गते मधेश प्रदेश प्रदेश समिति बैठक डाँकिएको छ ।
बिज्ञापन

यस्तै ९ गते गण्डकी, १० गते प्रदेश नम्बर १ र ११ गते लुम्बिनी प्रदेश समितिको बैठक डाँकिएको छ ।
यसै गरी बागमती प्रदेशमा भदौ १२ गते, उपत्यका विशेष समिति १३ गते, सम्पर्क समन्वय समिति १५ गते, कर्णाली प्रदेश १६ र सुदूरपश्चिम प्रदेश समिति बैठक १७ गतेलाई तय भएको माओवादीले जनाएको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
