मलद्वारमा लुकाएर एक किलो सुन तस्करी
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । मलद्वारमा लुकाएर एक किलो सुन तस्करी गर्ने एक जना पक्राउ परेका छन् । भारतीय नागरिक राहादानी नम्बर भी११२२८९० वाहक ३१ वर्षीय राहुल रेमानानलाई शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट प्रहरीले पक्राउ गरेको हो ।
फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका राहुललाई शंका लागि प्रहरीले नियन्त्रणमा लिएर काठमाडौं मेडिकल कलेजमा एक्स–रे गराउँदा पेटभित्र शंकास्पद वस्तुको आकृति देखिएपछि पुनः प्रहरी वृत्त गौशालामा लगि शौच गराउँने क्रममा मलद्वारबाट बेलनाकार सुनको ४ वटा पोका फेला परेपछि पक्राउ गरेको हो ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
