अर्थ

कैलालीमा ४३ जनाको मिटरब्याजीविरुद्ध उजुरी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीमा मिटरब्याजीविरुद्ध उजुरी परेको छ। कैलालीका ४३ जनाले मिटरब्याजीविरुद्ध उजुरी दिएका छन। गृह मन्त्रालयले भदौ ५ गतेसम्म मिटरब्याजीबाट पीडित भएकाहरुलाई उजुरी दिन आह्वान गरेको थियो।
मन्त्रालयको आह्वानपछि साउन २८ गतेदेखि नै उजुरी दर्ता गर्न पीडितहरु आएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनसुार कैलालीका ४३ जना पीडितले आइतबारसम्म मिटरब्याजीविरुद्ध उजुरी दिएको जनाएको छ ।

उनले संकलन भएका उजुरीहरुलाई गृह मन्त्रालयसम्म पठाइने र मन्त्रालयको निर्देशनपछि मिटरब्याजीले आर्थिक विपन्न तथा निरक्षर परिवारलाई ब्याजमा रकम दिएर उनीहरुको विचल्ली बनाएको समाचार आएपछि सरकारले उनीहरुविरुद्ध कडा कदम चालिने बताए।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।