आस्था /आध्यात्म

जीवनको कल्याण गर्नु छभने गुरुमतलाई आत्मसाथ गरौं– नर बहादुर रावल (अध्यक्ष– स.नि.म. नेपाल)

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

जनकपुर । सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले जनकपुरको बिहानी सत्संगमा आफ्नो जीवनको कल्याण गर्नु छभने हामीले गुरुमतलाई आत्मसाथ गर्नुपर्ने बताउनु भएको छ । गुरुमतभन्दा ठुलो मत आज संसारमा कुनैपनि छैन । हामीले सधै गुरुमतमा नै हिड्नु पर्दछ । यदि गुरुको बचनमा हिड्छौभने हाम्रो जीवन अवश्य सफल हुने छ । गुरुमतमा आनन्द र शान्ति–सुकुन छ । यदि मनमतलाई अग्रसर गर्दछौभने हाम्रो जीवन वर्वाद हुने छ, हामीलाई दुःख–पिडाले घेर्ने छ, हाम्रो कुनै प्रगति हुने छैन, हामीमा घमण्ड, अहंकारले वास गर्ने छ र हाम्रो मानव योनि पाएको ब्यार्थ हुनेछ, उहाँले आफ्नो धारणा राख्नुभयो ।

बालबालिकाको भविष्यको चिन्ता गर्दै उहाँले भन्नुभयो कि आज हरेक ठाउँमा हाम्रा बालबालिकाहरु दुरव्यशन, लागू पदार्थमा फसेर आफ्नो जीवन बर्वाद गरिरहेका छन् उनीहरुलाई आफ्नो घर–परिवारको कुनै महत्व छैन त्यही लागु पदार्थको आनन्दमा मस्त रहेकाछन् तर सन्त निरंकारी मिशनका बालबालिकाहरु बाल सत्संगको माध्यमबाट आफ्नो जीवनलाई सानैदेखि आध्यात्मिक बाटोमा अग्रसर बनाएर आध्यात्कि आनन्दमा डुबेर देशका असल नागरिक बनिरहेका छन् । यो सन्त निरंकारी मिशनको ठुलो देन रहेको कुरामाथि प्रकाश पार्नुभयो ।

बिज्ञापन

जसको भक्ति, जसको पूजा त्यसको ज्ञान जरुरी छ र त्यसको लागि ईश्वरको जानकारी हुनु आवश्यक छ । आज हामीलाई गुरुको अपार कृपा भयो गृहस्थी जीवनमा बसेर सतगुरुले हामीलाई यो साक्षात्कार निराकारको दर्शन गराउनुभयो, ईश्वरको जानकारी गराउनुभयो, पूजा, भक्ति कसरी गर्नु पर्छ त्यसको पाठ पढाउनुभयो । त्यसैले सत्गुरुको हामीमा अपार कृपा रहेको छ । राम नामको रटन गरिरहेका थियौं, मूर्तिलाई नै राम मानिरहेका थियौं तर राम कहाँ छ भनेर त्यसको बारेमा हामीलाई कुनै जानकारी थिएन, तर आज त्यसको साक्षात दर्शन सतगुरुले हामीलाई गराउनुभयो, उहाँले भन्नुभयो ।

हामीले ब्रम्हज्ञान पाईसकेपछि कर्ता भावलाई बढाव दिनुहुँदैन, सबै कार्य मैले गरे, मैले नगरेको भए कहाँसम्भव हुन्थ्यो, म मिसिनको प्रधान, उपप्रधान, प्रचारक, सेवादल संचालक आदि कुनैपनि पदलाई लिएर आफूलाई कर्ताभावसंग जोड्नु हुन्छ र सधै कर्ताभावलाई नै अग्रसर गर्नुहुन्छ भने यो ब्रम्हज्ञान लिएको पनि कुनै सार्थक हुँदैन, चाहे हामी जति सुकै सत्संग, सेवा, सुमिरण गरौं । त्यसैले मानव योनि सफल पार्नु छ भने कर्ताभावलाई सदाको लागि त्याग्नु पर्ने छ । आज सत्संगरुपी माताको कृपाबाट परमात्मा रुपी निराकारको दर्शन भयो । सत्संगमा आएर नै हामीले मैलको फोहोरलाई सफा गर्न सक्छौ, सत्संगमा आएर नै जीवन जिउने बद्धतिको जानकारी पाउन सक्छौ भनेर सम्झाउनुभयो ।

उहाँले भन्नुभयो कि जतिपनि नौ प्रकृति छन् ती सबै परिवर्तनशिल छन्, ती एक न एक दिन अवश्य समाप्त हुने छन् । हामीलाई ज्ञान नभएर यी सबैको पूजा–आजा गर्ने गथ्र्यो तर सत्गुरुको कृपा हामीमाथि भयो ईश्वरको जानकारी भयो कि यी नौ प्रकृति त सबै समाप्त हुनेवाला छन्, समाप्त नहुने केवल यो निराकार रहेछ भनेर जान्यौ, हामीलाई ब्रम्हज्ञान प्राप्त भयो हाम्रो जीवन धन्य हुनगयो ।

बिहानी सत्संग कार्यक्रमा सन्त निरंकारी मण्डलका केन्द्रीय सहसचिव नर बहादुर बिश्वकर्मा, सल्लाहकार श्रीराम काफ्ले, सन्त निरंकारी मासिक पत्रिकाका सम्पादक पूर्ण कुमाल, गायक तेज बोहरा, पूर्व सांसद राम अवतार पासवान, रामशंकर साह, राजेश्वरी साह, अम्बिका साह, विनोद साह, सुनिता रजक, किशोर यादव, सपना मंडल, कञ्चन मिश्रा, राज कुमारी मंडल लगाय स्थानीय सन्तहरुले आ–आफ्नो भाव प्रकट गरेका थिए भने सत्संगको संचालन स्थानीय सत्संगका मुखी वेचु रजकले गर्नुभएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।