राष्ट्रिय समाचार

निर्वाचन आयोगले माग्यो १० अर्ब ९८ करोड रुपैयाँ बजेट

बिज्ञापन

काठमाडाैं | निर्वाचन आयोगले सरकारसँग झण्डै ११ अर्ब रुपैयाँ बजेट माग गरेको छ । आयोगले आइतबार अर्थ मन्त्रालयलाई पत्राचार गर्दै मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि १० अर्ब ९८ करोड ९८ लाख ७० हजार ५०० रुपैयाँ बजेट निकासाका लागि माग गरेको हो । सो बजेट मन्त्रालयले निकासा गर्न भने बाँकी रहेको छ ।

बिज्ञापन

आयोग स्रोतका अनुसार निर्वाचन  सामग्री व्यवस्थापन सम्बन्धी खर्च शीर्षकमा २ अर्ब ३ करोड २३ लाख रुपैयाँ माग भएको छ । यस्तै कानुन तथा राजनीतिक दल व्यवस्थापनसम्बन्धी खर्च शीर्षका २ करोड ४ लाख, अनुगमन तथा वैदेशिक सम्बन्ध खर्च शीर्षकमा ११ करोड ५ लाख ५३ हजार रुपैयाँ माग भएको छ । 

यस्तै मतदाता नामावली तथा निर्वाचन सञ्चालनसम्बन्धी खर्च शीर्षकमा ५५ करोड १ लाख २० हजार, सूचना प्रविधिसम्बन्धी शीर्षकमा ६३ करोड २४ लाख ४० हजार, निर्वाचन शिक्षा, सूचना तथा तालीम सम्बन्धी खर्च शीर्षकमा ६९ करोड  ९३ लाख ६४ हजार ५०० रुपैयाँ माग भएको छ । 

यस्तै कार्यालय व्यवस्थापन, मतदान र गणनासम्बन्धी शीर्षकमा ६ अर्ब, २ करोड ९३ लाख २० हजार, प्रशासनिक खर्च ८९ करोड ४८ लाख ६३ हजार र निर्वाचन समीक्षा र प्रतिवेदन शीर्षकमा २ करोड ५० लाख बजेट माग भएको छ ।  

बिज्ञापन