अर्थ

चाडपर्वमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी जनतालाई राहत दिन माग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडाैं | नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी जनतालाई राहत दिन माग गरेको छ । महासंघका महासचिव डेकनाथ गौतमले मंगलवार विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको भन्दै नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य घटाएर चाडपर्वको समयमा जनतालाई राहत दिन माग गरेका हुन् । 

‘भारतबाट नेपालमा आयात हुने पेट्रोलियम पदार्थको मूल्य तीनपटक घटेको छ, चाडपर्वको समयमा नेपालमा पनि पेट्रोेलियम पदार्थको मूल्य समायोजन गरी यातायात व्यवसायी र जनतालाई राहत दिनुपर्छ’, महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बिज्ञापन

महासंघका अध्यक्ष विजयबहादुर स्वारले कोरोना कहरका कारण ठूलो आर्थिक व्ययभार खेपेका यातायात व्यवसायीलाई राहत दिनुको सट्टा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दासमेत नेपालमा नघट्नु दुःखद कुरा भएको बताए । 

उनले सार्वजनिक सवारी साधनको कर, बैँकको ब्याज, रुट इजाजत दस्तुर, जाँचपास बीमा, सवारी साधनको इञ्जिनको मूल्य अत्यधिक बढ्दा मारमा परेका यातायात व्यवसायीलाई पेट्रोलियम पदार्थको मूल्य समायोजन नहुँदा थप समस्या परेको उल्लेख गरे । महासंघले महँगो मूल्यमा पेट्रोलियम पदार्थ खरिद गरी सस्तोमा सेवा सञ्चालन गर्न नसक्ने अवस्था सिर्जना भएको र व्यवसायी व्यवसायबाट विस्थापित हुने अवस्था सिर्जना भएको बताएको छ । 

प्रदेश सरकारले पेट्रोलियम पदार्थको स्वचालित मूल्य समायोजन समेत नगर्दा समस्या परेको महासंघको भनाइ छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।