राजनीति

एक्ला एक्लै लड्दा अधिकांशमा एमाले पहिलो

बिज्ञापन

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकमा प्रदेश इन्चार्जहरूले आ आफ्नो कार्यक्षेत्रको रिपोर्टिङ गर्ने क्रम चलिरहेको छ । केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा प्रदेश इन्चार्जको रिपोर्टिङपछि अन्य एजेण्डामा प्रवेश हुने स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।

बिज्ञापन

इन्चार्जहरूले स्थानीय तह निर्वाचनको समिक्षात्मक रिपोर्टसहित आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको सम्भावित अवस्था तथा गठबन्धनको चुनौतीका बारेमा जानकारी गराएका छन् ।

एक्ला एक्लै लड्दाको अवस्थामा प्रायः सबै प्रदेशमा एमाले पहिलो शक्ति बन्ने नेताहरूको ब्रिफिङ छ । तर, एमालेविरुद्ध सबै दलको गठबन्धन बन्दा प्रत्यक्षतर्फ नतिजा फरक हुने भन्दै सम्भावित जित्ने र हार्ने क्षेत्रबारे पनि समिक्षा हुने बताइएको छ ।

एमाले स्थायी कमिटी बैठकले पोलिटव्युरो र केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्नेछ ।

बिज्ञापन