राजनीति

सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडाैं | सत्ता गठबन्धनमा सिट बाँडफाँडका लागि गठन भएको कार्यदलको बैठक बुधबार बस्दैछ । बैठकमा सिट बाँडफाँडको मोडालिटीबारे छलफल हुनेछ । 
कार्यदल र शीर्ष नेताको बैठक पटक पटक बस्दै आएपनि बैठकमा सहमति भने जुट्न सकेको छैन । 

सोहीक्रममा मंगलबार सत्ता गठबन्धनका शीर्ष नेतासहितको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा सिट बाँडफाँटका विभिन्न मोडालिटीबारे छलफल भएको र चाँडै निष्कर्षमा पुग्ने जानकारी दिए । 

बिज्ञापन

उनले नेपाली कांग्रेस नेता एवं गठबन्धनको कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाको अस्वस्थताका कारण मंगलबारको बैठक केही प्रभावित भएकाले बैठक आज पुनः बस्ने जानकारी दिए । 
 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।