राजनीति

एमालेको आँकलन- गठबन्धन कुनैपनि बेला भत्कन सक्छ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्तारुढ गठबन्धन कुनैपनि बेला भत्कन सक्ने दाबी गरेको छ । आजदेखि सुरू एमाले केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ‘भागबण्डा नमिल्नासाथ गठबन्धन भत्कने र नयाँ गठबन्धनको प्रयास हुने’ आँकलन गरिएको छ ।

अध्यक्ष ओलीले गठबन्धनको कुनै राजनीतिक, सैद्धान्तिक धरातल नभएको र बाँडीचुँडी खाने सत्ता स्वार्थमा मात्रै गठबन्धन टिकेको दाबी गरेका छन् ।

बिज्ञापन

‘यथार्थमा यो कुनै राजनीतिक स्थायित्वका लागि गरिएको अभ्यास नभएर बाँडीचुँडी खाने सत्ता स्वार्थमा टिकेको अवसरवादी गठबन्धन हो । भागबण्डा नमिल्नासाथ भोलि कुनैपनि बेला गठबन्धन भत्किने, नयाँ गठबन्धनको प्रयास हुने र राजनीतिमा फोहोरी र विकृत अभ्यासको पुनरावृत्ति हुने स्पष्ट छ’, अध्यक्ष ओलीद्वारा प्रस्तुत प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनमा गठबन्धन सरकार र गठबन्धन दलहरुको आलोचना गर्दै ओलीले गठबन्धन राजनीतिक अस्थिरताको माध्यममात्रै भएको टिप्पणी समेत गरेका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।