स्रोत नखुलेको करिब १४ लाख नगदसहित सीमा क्षेत्रबाट एक जना पक्राउ

झापा । हरीले स्रोत नखुलेको १३ लाख रुपैयाँ बढी नगदसहित नेपाल–भारत सीमा क्षेत्रबाट एक जनालाई पक्राउ गरेको छ। झापाको झापा गाउँपालिका–१ लसुना बस्ने ५४ वर्षीय तेजबहादुर गणेश स्रोत नखुलेको १३ लाख ६० हजार नेपाली रुपैयाँसहित पक्राउ परेका हुन्।
शुक्रबार बिहान ११ः४५ बजे लसुना भन्सारस्थित इलाका प्रहरी कार्यालय कुमुरखोदबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रवीण भट्टराईको कमाण्डमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा गणेशलाई पक्राउ गरेको हो।

शंका लागेपछि चेकजाँच गर्दा गणेशको साथबाट प्लाष्टिकको दुईवटा झोलामा प्याक गरी प्लाष्टिकको बोरामा राखेर लुकाइछिपाइ ल्याउँदै गरेको नेपाली १ हजार दरको नोट ९०० थान (९ लाख), ५ सय दरको नोट ८०० थान (४ लाख) र १ सयÞ दरको नोट ६०० थान (६००००) गरी जम्मा १३ लाख ६० हजार फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए।
गणेशले सो रकमको स्रोत खुलाउन सकेका छैनन्। उनलाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको प्रनाउ पाठकले बताए।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
