कोठा भाडामा लिएर ब्राउन सुगर कारोबार, ६ जना पक्राउ
लोक कल्याणकारी विज्ञापन

विराटगनर । कोठा भाडामा लिएर लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)को कारोबार गर्ने गिरोह विराटनगरमा सक्रिय रहेको पाइएको छ ।
लोक कल्याणकारी विज्ञापन

भारतबाट लुकाईछिपाई ल्याएको ब्राउन सुगर भाडाको कोठामा राखेर लागुऔषधका प्रयोगकर्तालाई बिक्री गर्ने गरेको खुलेको हो । ब्राउन सुगरको किनबेचमा संलग्न महिलासहित ६ जना पक्राउ परेका छन् ।
लोक कल्याणकारी विज्ञापन

विराटनगर महानगरपालिका-१४ का विपिन शर्माको घरमा डेरा बस्ने सुनसरीको रामधुनी नगरपालिका-८ की २७ वर्षीया शरस्वती गुरुङले भाडाको कोठाबाट ब्राउन सुगरको कारोबार गर्ने गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
बिज्ञापन

कोठाबाट १४ ग्राम ६१ मिलिग्राम ब्राउन सुगर र किनबेचका क्रममा तौल लिन प्रयोग गरिने डिजिटल तराजु बरामद भएको छ । प्रहरीले गुरुङसहित ६ जनालाई पक्राउ गरेको छ ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

