राष्ट्रिय समाचार

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस नेपाल आउँदै ?

बिज्ञापन

काठमाडौं । अमेरिकाले नेपाललाई निकै प्राथमिकतामा राखेको छ भन्ने कुरा त विगत केही महिनादेखि अमेरिकीहरुको नेपाल भ्रमण क्रम बढेकोले नै पुष्टि गरेको छ ।

बिज्ञापन

अमेरिकीहरुको भ्रमणसँगै  उच्चस्तरीय पदाधिकारी पनि बढेका छन् । र, नेपालमा अमेरिकाका प्रभावशाली  नेताहरु र तिनको परिवारका सदस्यहरुले निरन्तर नेपाल भ्रमण गर्नसक्ने संकेत पाइएको छ ।

अमेरिकाको सेकेण्ड  जेन्टलेमन अर्थात उपराष्ट्रपति कमला ह्यारिस(Kamala Harris)सँग जोडिएका पात्र पनि नेपाल  आउने कूटनीतिक वृत्तमा चर्चा हुन थालेको छ ।


ह्यारिसका श्रीमान गत फेब्रुुअरीमा आउने चर्चा थियो । अब आउँदो सेप्टेम्बरमा आउने चर्चा कूटनीतिक वृत्तमा भइरहेको छ । ह्यारिसका श्रीमान नेपाल आउनुको कारण उपराष्ट्रपति कमला ह्यारिसको भ्रमणको वातावरण बनाउनुसँग जोडिएको स्राेत बताउछ ।

अमेरिकानिकट स्रोतहरुका अनुसार आउँदो डिसेम्बरसम्म उपराष्ट्रपति कमला ह्यारिस  नेपाल आउने सक्ने बताइएको छ ।


  नेपालमा काम गरिरहेको अमेरिकी सहयोग नियोग युएसएडको ग्लोबल डाईरेक्टर सामन्था पावर पनि नेपाल भ्रमण आउने कुरा रहेको छ । त्यसो त, नेपालको युएसएडको प्रमुख पनि फेरिएको छ । केही महिनापछि नेपालस्थित अमेरिकी राजदूत ¥याण्डी बेरी पनि फिर्ता हुँदैछन् ।


पछिल्ला दिनमा नेपालमा राजनीतिक गतिविधि बढाउन थालेको अमेरिकाले उच्चस्तरीय भ्रमणहरु पनि बढाइरहेको छ । तर,  नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणको सन्दर्भमा भने ठोस निर्णय दिनसकेको छैन ।

स्रोतका अनुसार, २०७९ असारमा देउवालाई भ्रमण गराउन चाहेको अमेरिकाले एसपीपीमा नेपाल  सहमत नहुने बुझेपछि भ्रमण तालिका  नै फेरियो ।


 केही सातापछि संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शेरवहादुर देउवा जाने योजना रहेको छ । त्यतिबेला अमेरिका पुुग्ने देउवालाई राष्ट्रपति जो बाइडेनसँग भेटाउने अमेरिकी प्रयास रहेको छ । तर, देउवा एसपीपीमा सहमत भएमात्रै बाइडेनसँग भेटाईदिने अनौपचारिक सन्देश बालुवाटारमा प्रवाहित गरिरहेको स्रोत बताउछ ।

बिज्ञापन