बिश्व

रुसविरुद्ध पश्चिमले लगाएको प्रतिबन्ध असफल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

युक्रेनमा सैन्य कारवाही चलाएको रुसमाथि पश्चिमले लगाएको कठोर आर्थिक प्रतिबन्ध योजनामुताबिक परिणाममुखी नभएको दी इकोनोमिस्ट पत्रिकाले लेखेको छ । 

प्रतिबन्ध रणनीति त्रुटिपूर्ण रहेको पनि पत्रिकाले स्वीकार गरेको छ । 

बिज्ञापन

‘रुसको कुल गार्हस्थ्य उत्पादन सन् २०२२ को अन्त्यसम्ममा ६ प्रतिशतले घट्ने अन्तर्राष्ट्रिय मुद्रा कोषको आकलन छ जबकि मार्च महिनामा धेरैले त्यो १५ प्रतिशतले घट्ने अपेक्षा गरेका थिए,’ पत्रिका लेख्छ । ‘रुसले ऊर्जा बेचेर यस वर्ष मात्र २६५ अर्ब डलरको नाफा गरिसकेको छ, त्यो भनेको चीनपछिको सबभन्दा बढी आम्दानी हो ।’

अनि प्रतिबन्ध युद्धका कारण जन्मेको ऊर्जा संकटले युरोपमा आर्थिक मन्दी आउन सक्ने इकोनोमिस्टले लेखेको छ । यसै साता मात्र ग्यासको मूल्य २० प्रतिशतले बढ्दैछ । 

यो सबै विकासक्रम हेर्दा रुसलाई ठेगान लगाउनका लागि प्रतिबन्धमार्फत गरिएको प्रहारको कुनै असर परेको छैन, इकोनोमिस्ट स्वीकार गर्छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।