राजनीति

नागरिकता विधेयकमा मुछेर एमालेप्रति भ्रम छर्न खोजिएको ओलीको आरोप

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले गठबन्धन दलले नागरिकता विधेयकलगायतका विषयमा एमालेप्रति भ्रम छर्न खोजेको आरोप लगाएका छन् ।

ललितपुर च्यासलस्थित पार्टी मुख्यालयमा बसेको निर्वाचन परिचालन कमिटीको पहिलो बैठकमा बोल्दै उनले सबै भ्रमहरूलाई चिर्दै बहुमत आउने गरी चुनावको तयारीमा लाग्न निर्देशन दिए ।

बिज्ञापन

‘मधेसलगायतका क्षेत्रमा नागरिकताका विषयमा एमालेप्रति गठबन्धन दलले भ्रम सिर्जना गर्न खोजिएको छ र जन्मसिद्धका आधारमा नागरिकता दिनुपर्नेमा एमालेको कुनै आपत्ति छैन । पार्टीप्रतिको भ्रमलाई चिर्दै बहुमत आउने गरी निर्वाचनको तयारीमा लाग्नुस् ‘, ओलीको भनाइ थियो ।

मुलुकमा देखिएको आर्थिकलगायतका समस्याहरू समाधान गर्न एमाले सरकारमा आउनैपर्ने ओलीको धारणा छ ।

‘अहिले सत्ता गठबन्धनको ध्यान सरकारमा बसेर देशलाई लुट्ने र सत्ताको दुरुपयोग गरेर निर्वाचन जित्नेमा मात्रै केन्द्रित छ । यसअघि हामीले अघि सारेका राम्रा कामलाई रोक्ने मात्र काम गरेको छ । त्यसैले हामीले गरेका कामबारे जनतालाई जानकारी गराउनुपर्छ’, ‌‌ओलीले भने ।

मुलुकलाई सही बाटोमा अघि बढाउनका लागि एमालेले उचित नीति बनाउने भन्दै उनले आगामी निर्वाचनको घोषणापत्र पार्टीको मात्रै नभएर देशको भविष्य कोर्ने मार्गचित्र हुनुपर्नेमा जोड दिए ।

बैठकले अध्यक्ष ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी र ३४ सदस्यीय केन्द्रीय निर्वाचन सचिवालय गठन गर्ने निर्णय गरेको छ । त्यस्तै प्रदेश, जिल्ला, पालिका, वडा र बुथसम्म निर्वाचन परिचालन कमिटी बनाउने निर्णय पनि बैठकले गरेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।