राजनीति

ओलीले पश्चाताप नगर्दासम्म वामपन्थी गठबन्धनको सम्भावना छैन–प्रचण्ड

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले पश्चाताप नगर्दासम्म वामपन्थी तालमेलको सम्भावना नरहेको बताएका छन् ।

मंसिरमा हुने चुनावमा अहिलेकै सत्ता गठबन्धन कायम रहने उनको भनाइ छ ।

बिज्ञापन

नेकपा (माओवादी केन्द्र)को उपत्यका विशेष कमिटीले आयोजना गरेको कार्यक्रमलाई सोमवार सम्बोधन गर्दै प्रचण्डले ओलीको नाम नलिई प्रतिगमनकारीले पश्चाताप नगर्दासम्म वाम तालमेल नहुने बताएका हुन् ।

कांग्रेसले सम्मानजनक व्यवहार नदेखाए वामपन्थी गठबन्धन बन्ने चेतावनी प्रचण्डले आइतवार दिएका थिए। 

‘अहिलेको सत्ता गठबन्धन ऐतिहासिक आवश्यकताको कालखण्डमा बनेको हो । अहिले फेरि वाम गठबन्धन बन्ने हो कि भन्ने खालका हल्ला हुने गरेका छन्,’ प्रचण्डले भने, ‘जबसम्म प्रतिगमनकारी परास्त हुँदैनन्, पश्चातापमा आउँदैनन्, तबसम्म यो गठबन्धनको आवश्यकता रहन्छ । यसैको आधारमा प्रतिगमनको आधारलाई पराजित गर्ने हो ।’

प्रचण्डले वाम तालमेल मात्र नभई पार्टी नै एकता गरेर परीक्षण भइसकेको बताए ।

‘पार्टी एकता गर्‍यौं । तर तीन वर्ष पुग्दानपुग्दै यति धेरै बेइमानी, षडयन्त्र र छलकपट भयो । त्यो प्रवृत्तिका अगाडि हामीले आत्मसमर्पण गरेनौं,’ प्रचण्डले भने, ‘१९ पेज लामो प्रतिवेदनमार्फत हेडक्वार्टरमा बम बर्साएको हो । त्यो राजनीतिक बम जस्तै थियो ।’ 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।