सबै निर्वाचन क्षेत्रमा रुख चिन्ह हुनैपर्छ : पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न चुनावमा सबै निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवारहरु उठ्नुपर्ने धारणा राखेका छन् । पौडेलले राजधानीमा आयोजना गरेको सम्पादकहरुसँगको अन्तरक्रियामा यस्तो धारणा व्यक्त गरेका हुन् ।
कार्यक्रममा सम्पादकहरुले गठबन्धन भएको सन्दर्भमा कांग्रेसको समानुपातिक भोटमा केही प्रतिशत कमी आउनसक्ने सम्भावना देख्नुभएको छ कि छैन भन्ने प्रश्न गरेका थिए । जवाफमा पौडेलले यस्तो जवाफ दिएका हुन् ।

सम्पादकहरुले गठबन्धन भएका ठाउँमा कांग्रेसमा मात्र आस्था राख्ने व्यक्तिहरु भोट हाल्न नै नगइदिने सम्भावना रहेको कारण यसले कांग्रेसको समानुपातिक भोटमा कस्तो असर पार्ला भन्ने अर्को प्रश्न गरेका थिए ।
जवाफमा पौडेल भन्छन्, ‘मैले पहिलेदेखि अरु पार्टीहरुलाई पनि भनेको छु । नेपाली कांग्रेस एउटा ठूलो पार्टी हो । १६५ वटा निर्वाचन क्षेत्रमा कुनै न कुनै रुपमा रुख चिन्ह त्यहाँ हुनुपर्छ । चाहे त्यो संघीय सांसदको लागि होस् वा प्रदेश संसदको लागि होस् । त्यसो भएपछि सबैजना भोट हाल्न जान्छन् ।’
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
