राजनीति

सबै निर्वाचन क्षेत्रमा रुख चिन्ह हुनैपर्छ : पौडेल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न चुनावमा सबै निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवारहरु उठ्नुपर्ने धारणा राखेका छन् । पौडेलले राजधानीमा आयोजना गरेको सम्पादकहरुसँगको अन्तरक्रियामा यस्तो धारणा व्यक्त गरेका हुन् ।

लोक कल्याणकारी विज्ञापन

कार्यक्रममा सम्पादकहरुले गठबन्धन भएको सन्दर्भमा कांग्रेसको समानुपातिक भोटमा केही प्रतिशत कमी आउनसक्ने सम्भावना देख्नुभएको छ कि छैन भन्ने प्रश्न गरेका थिए । जवाफमा पौडेलले यस्तो जवाफ दिएका हुन् ।

लोक कल्याणकारी विज्ञापन

सम्पादकहरुले गठबन्धन भएका ठाउँमा कांग्रेसमा मात्र आस्था राख्ने व्यक्तिहरु भोट हाल्न नै नगइदिने सम्भावना रहेको कारण यसले कांग्रेसको समानुपातिक भोटमा कस्तो असर पार्ला भन्ने अर्को प्रश्न गरेका थिए ।

बिज्ञापन

जवाफमा पौडेल भन्छन्, ‘मैले पहिलेदेखि अरु पार्टीहरुलाई पनि भनेको छु । नेपाली कांग्रेस एउटा ठूलो पार्टी हो । १६५ वटा निर्वाचन क्षेत्रमा कुनै न कुनै रुपमा रुख चिन्ह त्यहाँ हुनुपर्छ । चाहे त्यो संघीय सांसदको लागि होस् वा प्रदेश संसदको लागि होस् । त्यसो भएपछि सबैजना भोट हाल्न जान्छन् ।’

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन