राजनीति

युनिसेफको जागिर छोडेर कार्कीले गरे स्वतन्त्र उम्मेदवार घोषणा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ–  युनिसेफको जागिर छोडेर नरबहादुर कार्कीले जाजरकोटबाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । अफ्रिकी मुलुक सियरालियोनको डेढ वर्ष लामो परामर्श विज्ञको जागिरलाई छोड्दै उनी नेपाल आएका हुन् ।

सोमबार जाजरकोट सदरमुकाम खंलगामा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो उम्मेदवारी रहेको जानकारी दिए ।

बिज्ञापन

जनस्वास्थ्य विज्ञसमेत रहेका उनी सकारात्मक सोच र जीवन रुपान्तरणमा अन्तर्राष्ट्रिय रूपमा चिनिएका प्रशिक्षक हुन् ।

युनिसेफको जागिर छोडेर राजनीतिमा किन लाग्नु भयो भन्ने प्रश्नमा कार्कीले भने, ‘देशको स्वाधिनता, भविष्य र देशको समग्र भाग्य र भविष्यको दिशा निर्देश गर्ने काममा जिल्लाको प्रतिनिधित्व गर्न पाउनु आर्थिक र सामाजिक पहिचान भन्दा ठूलो पहिचान हो भन्ने मलाई लागेको छ।

जाजरकोटका जनताले पनि विकल्प खोजेका कारण मैले जन भावनलाई कदर गर्नु पर्छ भन्ने लाग्यो र राजनीतिमा आएँ।’

छेडागाड नगरपालिका–१२ को कार्कीगाउँमा जन्मिएर कार्कीगाउँमै हुर्की, पढेर अहिले जाजरकोट जिल्लालाई विश्व सामु चिनाउन पाएकोमा आफुलाई गर्वानुभू्ति हुने गरेको बताउँछन् ।

जिल्लाको सामाजिक तथा साँस्कृतिक रुपान्तरण र पूर्वाधार विकासमा योगदान गर्न जाजरकोट जिल्लाबाट जनअनुमोदित हुने चाहाना रहेको उनको भनाइ छ ।

जाजरकोटमा नेकपा माओवादी केन्द्रका शक्ति वस्नेत अहिले प्रतिनिधिसभा सदस्य छन् । जाजरकोटबाट प्रतिनिधित्व गरेर मन्त्री बनेका एकमात्र नेता भएका कारण कार्कीलाई चुनौति छ। अर्को चुनौति भनेको राजिवविक्रम शाह पनि हुन सक्छन् ।

उनी नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यमा बस्नेतसँग हारेका व्यक्ति हुन् भने नेकपा एमालेका निरज आचार्य पनि जाजरकोटबाट नै प्रतिनिधिसभाको निर्वाचन लड्ने अपेक्षामा छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।