राजनीति

प्रतिनिधिसभामा ६० सिटभन्दा घट्न सकिँदैन : प्रचण्ड

बिज्ञापन

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा सिट बाँडफाँट हुँदा आफूहरु ६० सिटभन्दा घट्न नसकिने बताएका छन्। 

बिज्ञापन

पार्टीको उपत्यका विशेष कमिटीको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले संघमा प्रत्यक्षतर्फ १ सय ६५ सिटमध्ये आफूहरुले ६० सिटमा दाबी गरिरहेको बताएका हुन्। उनले प्रदेशतर्फ त्यसैको हिसाबमा १ सय २० सिटमा दाबी रहन सक्ने बताए। 

उनले अहिले सत्ता गठबन्धन कुनै हालतमा नभत्किने भन्दै कन्फ्युज नहुन नेता कार्यकर्तालाई आग्रह दिए। उनले गठबन्धनभित्र पहिलो चरणमा दलहरुले पाउने सिट संख्या टुंग्याउने र त्यसपछि कुन ठाउँमा कुन सिट कसले पाउने भन्ने निर्धारण गरिने बताए। उनले यहि २० गतेसम्म सिट बाँडफाँट टुंगिने दाबी पनि गरे। 

‘यहि २० गतेसम्म हामी सिट बाँडफाँट टुंग्याउछौँ’, उनले भने, ‘भदौ २५ गतेभित्र हामी प्रत्यक्षतर्फ उठ्ने उम्मेदवारको टुंगो लगाउनेछौँ।’

बिज्ञापन