टीकापुर

उद्योग वाणिज्य संघको निर्वाचनका लागि तपेन्द्रबहादुर स्वाँर प्यानलसहित चुनावी मैदानमा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर । टीकापुर उद्योग वाणिज्य संघको निर्वाचनका लागि तपेन्द्रबहादुर स्वाँर प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । संघको २३ औं चुनावी साधारण सभाबाट चयन हुने नयाँ नेतृत्वका लागि संघका निवर्तमान महासचिव तपेन्द्रबहादुर स्वाँर प्यानलसहित मैदानमा उत्रिएका हुन । उक्त कुराको जानकारी स्वाँरले आफ्नो नेतृत्वमा सम्पुर्ण पदाधिकारी सहितको प्यानल एक कार्यक्रमबीच मंगलवार राति घोषणा गरेका छन् ।

स्वाँरको घोषित प्यानलमा अध्यक्षमा तपेन्द्रबहादुर स्वाँर, उपाध्यक्षमा उद्योगतर्फ सन्तोष खड्का, वाणिज्यतर्फ नैनसिंह के.सी., महासचिवमा नवराज रिमाल, सचिवमा दीपेन्द्र रावल, कोषाध्यक्षमा लोकेश साउँद मैदानमा रहेका छन्भने सदस्यहरुमा लालबहादुर चौधरी, हरि कुश्मी, डम्बर कडायत, चित्रध्वज ठकुल्ला, देवप्रसाद जैशी, नेत्रबहादुर बिष्ट र जनजाति सदस्यतर्फ बीरूप्रसाद भगोरिया छन् । खुल्ला दुई सदस्य, दलित र महिला सदस्यको टुङ्गो आज लगाइने जनाइएको छ ।

बिज्ञापन

प्यानल घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्षका प्रत्याशी स्वाँरले यस क्षेत्रका व्यवसायीहरूको पेशागत विकास र आत्म स्वाभिमानका लागि ‘व्यापारीसँगै व्यापार संघ’ भन्ने नाराका साथ आफुहरू चुनावमा होमिएका बताउँदै आफ्नो प्यानललाई विश्वास गरिएका खण्डमा मन्दगतिमा रहेको संघको गतिविधिलाई आफ्नो प्यानलले सशक्त वनाउने दृढता व्यक्त गरेका छन् ।
यसपटकको निर्वाचनमा कूल १ हजार १ शय ६३ मतदाता रहेको संघको साधारण सभाको बन्द सत्र दुई पटक गणपुरक संख्या नपुगेका कारण स्थगन भएको थियो भने आज पुनः तेस्रो पटक वन्दसत्र आव्हान गरिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।