राष्ट्रिय समाचार

बयानका लागि सिंहदरबार पुगे निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं–सर्वोच्च अदालतका निलम्बित प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफूमाथि लागेको महाभियोगबारे बयान दिन सिंहदरबार पुगेका छन् । उनलाई बयान लिनका लागि गठिन महाअभियोग सिफारिस समितिले केही बेरमा उनीसँग बयान लिँदैछ ।

पुरानो प्रतिनिधि सभाको गेटबाट भित्र पसेका जबरालाई संसद सचिवालयका मर्यादापालकसहित अन्य सुरक्षाकर्मीले कडा सुरक्षा दिएका थिए । गत गत फागुन १ गते सत्तारुढ सांसदहरुले महाअभियोग दर्ता गराएपछि उनी निलम्बनमा परेका थिए । महाभियोग सिफारिस समितिले राणाविरुद्धका प्रमाणहरु जुटाइसकेको जनाएको छ ।

बिज्ञापन

समितिले सार्वजनिक सूचना जारी गरेर प्रमाण माग गरेपछि नेपाल बार एशोसिएनले ३४ वटा प्रमाण बुझाएको थियो ।
त्यस्तै विभिन्न व्यक्ति र संस्था गरी १० ठाउँबाट प्राप्त प्रमाणसहित एउटा सूची समितिले तयार पारिसकेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।