राष्ट्रिय समाचार

बयानका लागि सिंहदरबार पुगे निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र

बिज्ञापन

काठमाडौं–सर्वोच्च अदालतका निलम्बित प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफूमाथि लागेको महाभियोगबारे बयान दिन सिंहदरबार पुगेका छन् । उनलाई बयान लिनका लागि गठिन महाअभियोग सिफारिस समितिले केही बेरमा उनीसँग बयान लिँदैछ ।

बिज्ञापन

पुरानो प्रतिनिधि सभाको गेटबाट भित्र पसेका जबरालाई संसद सचिवालयका मर्यादापालकसहित अन्य सुरक्षाकर्मीले कडा सुरक्षा दिएका थिए । गत गत फागुन १ गते सत्तारुढ सांसदहरुले महाअभियोग दर्ता गराएपछि उनी निलम्बनमा परेका थिए । महाभियोग सिफारिस समितिले राणाविरुद्धका प्रमाणहरु जुटाइसकेको जनाएको छ ।

समितिले सार्वजनिक सूचना जारी गरेर प्रमाण माग गरेपछि नेपाल बार एशोसिएनले ३४ वटा प्रमाण बुझाएको थियो ।
त्यस्तै विभिन्न व्यक्ति र संस्था गरी १० ठाउँबाट प्राप्त प्रमाणसहित एउटा सूची समितिले तयार पारिसकेको छ ।

बिज्ञापन