राजनीति

एमाले कैलाली जिल्ला अध्यक्ष थापा ‘नागरिक उन्मुक्ति’ पार्टीमा प्रवेश

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा एमाले कैलाली जिल्ला अध्यक्ष तथा प्रदेश सांसद रतन थापा पार्टी परित्याग गरेका छन् । उनले एमाले परित्याग गरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् ।

थापासहित पूर्वसांसद हिमाञ्चल भट्टराई र कैया चौधरीसहितका एमाले नेता कार्यकर्ता एमाले परित्याग गर्दै नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् ।

बिज्ञापन

रिपोर्टस क्लबमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनीहरूलाई रेशम चौधरीकी पत्नी नागरिक उन्मुक्ति पार्टी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले स्वागत गरेकी छन्।

थापाले हालै सम्पन्न स्थानीय चुनावमा अन्तर्रघात गरेको भन्दै एमालेले उनलाई जिल्ला अध्यक्षबाट हटाएको थियो। यस्तै बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका केही नेता तथा कार्यकर्ताहरुले पनि नागरिक उन्मुक्तिमा प्रवेश गरेका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।