आस्था /आध्यात्म

के हो शनिको साढे सातको दशा ? कसरी गर्ने राशीअनुसार शान्त

बिज्ञापन

निको साढेको दशा कसैमा एक पटक देखा परेमा यसले निकै ठुलो क्षती गराउने गर्दछ । केहि बिरलैलाई मात्र यसले लाभ गर्छ । त्यसैले शनिको साढे सातको दशा नियन्त्रणमा लिन निकै मुस्किल पर्दछ । यदि कोहि शनिको साढे सातको प्रकोपबाट पिडित हुनुहुन्छ भने शनिवार पारेर फलामका सामाग्री शनि मन्दिरमा चढाउँदा बिस्तारै यसबाट मुक्ति मिल्ने मान्यता छ । यस बाहेक राशी अनुसार निम्न उपाय गर्नु पर्दछ ।

बिज्ञापन

मेष राशी
शनिको साढे सातको समस्या देखा परे अरुको भरमा पर्ने काममा पनि आफै अग्रसर हुन आवश्यक छ । यस बेलामा कामको तनाव र चिन्ता बढि हुने भएकाले कुनै पनि निर्णय लिन हतार गर्नु हुदैन । कुनै कारोबार वा महंगो वस्तु लिनु पूर्व निकै सोचविचार गर्नुपर्दछ ।

वृष राशी
व्यय वृद्धिको नियन्त्रण अरुमा निर्भर हुन्छ । तसर्थ कुनै कुराको थालनी पूर्व आफन्त वा विश्वासी नाताका मानिससंग सल्लाह लिनु पर्दछ । जोखिमयुक्त कामको थालनी गर्दा भावनामा रहेर गर्नु हुदैन अन्यथा यसको नकारात्मक असर देखापर्न सक्छ ।

मिथुन राशी
शनिको साढे सातको समस्या भए तन्त्र मन्त्रमा रुची बढ्ने गर्दछ । धार्मिक स्थल वा तिर्थको योग हुनसक्छ । त्यसैले धर्म प्रति नकारात्मक हुनुहुदैन । आर्थिक बिषयमा विचार विमर्श गर्नु लाभकारी हुन्छ । सेवा वा दानको काम गरेर पनि शनिको साढे सातबाट मुक्ति पाइन्छ ।

कर्कट राशी
कर्कट राशीका ब्यक्तिमा शनिको प्रभाव भएमा धर्मस्थलको यात्रा दर्शनको सुयोग बन्दछ । यसरी यात्रा जुरेमा त्यसलाई निन्दा गर्नु हुदैन । साथै प्रभावशाली व्यक्तिको सहयोगमा मार्गदर्शन लिएमा मात्र शनिको प्रभाव कम हुने र धन प्राप्तिको योग बन्ने हुन्छ ।

सिंह राशी
यस राशीका ब्यक्तिमा शनिको प्रभावले स्वास्थ्यमा समस्या देखापर्न सक्छ । काम गर्दा बिग्रने हुनसक्छ । तर यस्तो बेलमा सुझबुझका साथ हतार र लापरबाहि नगरी निर्णय लिनु पर्दछ । कुनै पनि वाहनको प्रयोग गर्दा सावधानि अपनाउनु पर्छ ।

कन्या राशी
यस राशीका ब्यक्तिमा शनिको साढे सातको प्रभाव भएमा यसले कतिपय अवस्थामा लाभ गराउन सक्छ । ठुला समस्याको समाधान समेत हुनसक्छ । विवाहका लागी प्रस्ताव आउन सक्छ । तर कन्या राशीको चञ्चलताका कारणले राम्रो योग गुमेर समस्या बल्झिन सक्छ ।

तुला राशी
यस राशीका ब्यक्तिमा शनिको प्रभाव देखा परेमा यसले बनेका काम बिर्गाने तथा प्राप्त धन समेत हातबाट फुत्कने हुन सक्छ । कुनै काम गर्दा अनायासै बाधा र अवसर गुम्न सक्छ । तर कतिपय अवस्थामा मित्र र नाताका ब्यक्तिको साथले धनवृद्धि र अवसर प्राप्ती हुनसक्छ ।

वृश्चिक राशी
यस राशीका ब्यक्तिमा शनिको साढे सातको प्रभाव देखा परेमा मांगलिक कार्यको आयोजन हुनसक्छ । मानसिकतामा रचनात्मक तथा बौद्धिक कार्य गर्ने विचार आए पनि यसमा अपजस तथा अवरोध खेप्नुपर्छ । तर विस्तारै यो समस्या आफै हटेर जानेछ ।

धनु राशी
यस राशीलाई शनिको साढे सातको प्रभावले खराब समाचार सुनाउन सक्छ । मेहनतको फल पाउन ग्राहो हुन्छ । अरुले शंका गर्छन् । नसोचेको स्थानबाट विवाद झेल्नु पर्छ । धनहानि हुन्छ । तर नियमित शनिदेवको आराधना गरे तुरुन्तै मुक्ति पाउन सकिन्छ ।

मकर राशी
साढे सातको प्रभावमा मकर राशीका ब्यक्तिलाई केहि फाइदा हुनसक्छ । नाताका ब्यक्तिबाट राम्रो सहयोग पाउन सकिन्छ । तर कुनै ठुलो निर्णय लिनु पूर्व जोखिम अनुसार जानकार ब्यक्तिबाट सहयोग वा सुझाव लिनु पर्दछ । अन्यथा राम्रो अवसर पनि गुमेर जानसक्छ ।

कुम्भ राशी
साढे सातको प्रभावले राम्रा ब्यक्तिसंग भेट र सम्बन्ध बनाउने योग बनाउने गर्दछ । यसले राम्रो आम्दानी हुने तथा मनोरञ्जनात्मक काममा साथ दिएमा पनि सफलता पाउने बेलामा भने खुट्टा तान्नेहरु सक्रिय बनाउने गर्दछ । तसर्थ शनिलाई प्रसन्न गराउनु आवश्यक हुन्छ ।

मीन राशी
शनिको साढे सातको प्रभावले अप्रत्याशित लाभको अवसर जुराउँछ । तर लगातारको कामबाट हुने आर्थिक उन्नतिमा भने बाधा हुनसक्छ । भाग्य अनुकूलता नभएमा मेहनतको काम पनि गुम्न सक्छ । तर मेहनत भने छाड्नु हुदैन, पछि यसले लाभ दिन्छ ।

बिज्ञापन