राष्ट्रिय समाचार

चोलेन्द्रसँगको बयान आजलाई सकियो, भदौ २६ गते अर्काे बयान

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भदौ २६ गते दिउँसो १२ः३० बजे बयानका लागि फेरि बोलाएको छ। समितिले जबरासँग आज थप पाँच प्रश्न सोधेको थियो। योसहित समितिले जबरालाई ११ प्रश्न सोधेको छ।

यसअघि बयानको पहिलो दिन गत बुधबार र बिहीबार गरी ११ प्रश्न सोधेको थियो। बयानका लागि ४३ वटा प्रश्न तयार पारिएका छन्। जसमध्ये ११ वटा प्रश्नको जबराले बयान दिनुभएको छ ।

बिज्ञापन

आजको बैठकमा जबराले आफूमाथि लगाइएको महाभियोग भ्रामक र निर्थक भएको बताउनु भएको छ । संविधानको पालना गर्दागर्दै पनि राजनीतिक दलहरुले विज्ञप्ति निकालेर आफूमाथि प्रतिशोध साँध्न खोजेको आरोप लगाउनु भयो । उहाँनले महाभियोग लगाएको साढे ६ महिना वितिसक्दा पनि यसको जवाफ पाउन नसकेको धारणा पनि राख्नुभयो ।

न्यायालयमा विचलन ल्याएको, भ्रष्टाचार र बिचौलियाले प्रवेश पाएको र कार्यपालिकामा भागबन्डा खोजेको लगायतका आरोप जबरामाथि लगाइएको छ। उहाँमाथि अनुसन्धान गर्न ११ सदस्यीय समिति गठन गरिएको छ। प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले भदौ १५ गतेबाट जबराको बयान लिइरहेको छ। प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले भदौ १५ गतेबाट जबराको बयान लिइरहेको छ। बयानका लागि ४३ वटा प्रश्न तयार पारिएका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।