केन्याविरुद्ध क्लिन स्विपको योजनामा नेपाल

काठमाडौं–नेपालले आज घरेलु टोली केन्याविरुद्ध एकदिवसीय सिरिजअन्तर्गत तेस्रो तथा अन्तिम खेल खेल्दैछ ।
नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो १२ः१५ देखि सुरु हुने खेलमा केन्याविरुद्ध नेपाल क्लिन स्विप गर्ने योजनामा छ ।

तीन खेलको सिरिजमा नेपाल २–० ले अघि छ । यसअघि नै सिरिज जितिसकेको नेपाल तेस्रो खेलमा जित निकाल्दै एकदिवसीय सिरिज ३–० ले आफ्नो बनाउने प्रयासमा छ ।
यसअघि नेपाल ७ विकेट तथा १७ रनले विजयी भएको थियो । केन्या भने सान्तवना जीतको लागि लालयित छ ।
नेपालले यसअघि केन्याविरुद्ध ५ खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
