बेलायतमा नयाँ प्रधानमन्त्रीको घोषणा आज

लन्डन । बेलायतमा आज नयाँ प्रधानमन्त्री घोषणा हुने भएको छ ।
सत्तारुढ दल कन्जरभेटिभ पार्टीको नेताका लागि भएको निर्वाचनको अन्तिम परिणाम आएसँगै बेलायत महारानीले नयाँ प्रधानमन्त्री घोषणा गर्नेछिन्। बोरिस जोनसनले झण्डै २ महिनाअघि राजिनामा दिएपछि रिक्त रहेको पदमा लिज ट्रस र ऋषि सुनाकबीच निर्वाचन भएको थियो ।

सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि पार्टी सदस्यहरुले मतदान गरिसकेका छन् । सो मतदानको परिणाम बेलायती समय अनुसार दिउसो १२ बजे आइसक्ने बताएकोछ । दुई प्रतिष्पर्धी ऋषि सुनाक र लिज ट्रसमध्ये एक जना पार्टी नेता चुनिएपछि बेलायत महारानीले नयाँ प्रधानमन्त्री नियुक्ति गर्नेछिन् ।
सन् २०१९ को आम निर्वाचनमा वहुमत ल्याएर प्रधानमन्त्री बनेका बोरिस जोन्सनविरुद्ध आफ्नै मन्त्रिपरिषद् का ५ दर्जन सदस्यहरुले विद्रोह गरेपछि प्रधानमन्त्री पदबाट राजिनामा दिन बाध्य भएका थिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
