अवर्गीकृत

आदर्श बहुउद्देश्यीय सहकारी सस्था लि को प्रथम साधारणसभा सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी उपमहानगरपालिका १८ स्थित आदर्श बहुउद्देश्यीय सहकारी सस्था लि ले दर्ता भएको १ बर्ष पुगेको अवसर पारेर प्रथम स्थापना दिवस तथा बार्सिक साधारणसभा सम्पन्न गरेको छ ।

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ का संचालक माधव प्रसाद जोशी को प्रमुख आतिथ्यता रहेको कार्यक्रमको विशिष्ट अतिथिमा धनगढी १८ का वडाध्यक्ष्य भुवन रिजाल, भुमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय, सहकारी रजिस्ट्रार कार्यालयका अधिकृत बिनोद राज पन्त र रास्ट्रीय सहकारी बैंक धनगढी साखा प्रमुख कृष्ण रावल रहेका थिए ।

बिज्ञापन

रजिस्ट्रार कार्यालयका प्रतिनिधि जागुराम चौधरी, लीबर्ड प्रतिनिधि ललिता आले, जनबाताबरण सामुदायिक बीउ बैंक का अध्यक्ष सम्पत चौधरी, खप्तडी आ. बि. का प्र.अ. फुलदेव शाह, ईन्द्रोदय आ. बि. का प्र.अ. रामकुमार बस्नेत, कृषक भलाई सहकारी का अध्यक्ष कल्पना देबकोटा,स्वयमजागृती साकोस का अध्यक्ष लक्ष्मी देबि जैशी, संघर्श मिलन साकोस का अध्यक्ष राधा देबि चौधरी लगायतका अतिथिहरुको सुभकामना रहेको कार्यक्रम मा प्रमुख अतिथि जोशी ले नियमन मा चलेका र उद्येस्य अनुरुप काम गरिरहेका सहकारी सस्था हरुलाई स्वरोजगार कोष को सहुलियत कर्जा ब्यवस्था रहेको र सबै सहकारी ले सो सेवा लिन सकिने जानकारी समेत गराएका थिए ।

विशिष्ट अतिथी पन्तले सहकारी बिभागले बेलाबेला मा जारी गरेका नीति निर्देशिका पालना गर्नुपर्नेमा जोड दिएका थिए।आदर्श सहकारीले छोटो समयमै कृषि मा राम्रै काम गरेको भन्दै वडा अध्यक्ष रिजाल र लिबर्ड का आले ले आगामी दिनमा सहकार्य गरि अझ थप कृषि क्षेत्रमा सेवा बिस्तार गर्न सकिने आसय राखेका थिए ।

सस्थाका अध्यक्ष बासुदेब ओझा को अध्यक्षता मा भएको कार्यक्रम ब्यवस्थापक रुद्र खनाल ले सन्चालन गरेका थिए।आगामी बर्सको लागि बीउ उत्पादन योजना, बार्सिक कार्य योजना प्रस्तुत तथा आ.ब.०७८/७९ को प्रगती प्रतिबेदन आन्तरिक लेखा प्रतिबेदन र बाह्य लेखापरीक्षण प्रतिबेदन समेत पारित भएको छ ।

कार्यकममा बीउ उत्पादक कृषक सहित ३० जना उत्कृष्ट सेयर,बचत तथा कर्जा कारोबार गर्ने सदस्य हरुलाई कदर पत्र सहित सम्मान गरिएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।