बिश्व

आतंकवादीसँगको भिडन्तमा पाँच सैनिकको ज्यान गयो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

पाकिस्तानको उत्तरी बजिरिस्तान जिल्लाको बोया क्षेत्रमा आतंकवादीहरूसँगको भिडन्तमा पाँच जना पाकिस्तानी सैनिकको मृत्यु भएको छ । गोप्य सूचनाको आधारमा सो स्थानमा कारबाही गर्ने क्रममा चार आतंकवादी पनि मारिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

पाकिस्तानी सेनाको इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (आइएसपीआर) का अनुसार उक्त स्थानबाट आतंकवादीहरूको हातहतियार बरामद भएको छ । भिडन्तमा मारिएका आतंकवादीहरू सुरक्षा फौज एवम् निर्दोष नागरिकको हत्यामा सक्रिय रूपमा संलग्न रहेको आईएसपीआरले खुलाएको छ ।

बिज्ञापन

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा प्रहरीमाथि आक्रमणका घटना बढ्दै गएको कारण सबै सुरक्षा चौकीको सुरक्षा व्यवस्था सुदृढ बनाइएको प्राप्त समाचारमा उल्लेख छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।