आस्था /आध्यात्म

नेपाल रेडक्रसद्वारा सन्त निरंकारी मण्डल नेपाललाई प्रशंसा–पत्रद्वारा सम्मानित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं, ३० भदौ । नेपाल रेडक्रसद्वारा सन्त निरंकारी मण्डल नेपाललाई प्रशंसा–पत्रद्वारा सम्मानित गरिएको छ । सन्त निरंकारी मण्डल नेपाललाई नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा काठमाडौंले गत १९ भदौमा प्रशंसा–पत्रद्वारा सम्मान गरेको हो । नेपाल रेडक्रस सोसाइटीको ६०औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा एक पटकमा १०० युनिटभन्दा बढी रक्तदान गरेको संस्थाको रुपमा सन्त निरंकारी मण्डल नेपाललाई सो प्रशंसा–पत्र प्रदान गरिएको हो । सन्त निरंकारी मण्डल नेपालले केन्द्रीय कार्यालय काठमाडौं सत्संग भवनमा मानव एकता दिवस–२०२२ को अवसरमा आयोजित रक्तदान शिविरमा ११७ युनिट रगत संकलन भएको थियो ।


.स्मरण रहोस की सन्त निरंकारी मण्डलले मानव एकता दिवसका दिन विश्वभरि रक्तदान शिविरको आयोजनागरि हजारौं युनिट रगत संकलन गर्दै आएको छ जसमा हजारौं सन्तहरुले स्वइच्छाले रक्तदान गर्ने गछन् ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।