राष्ट्रिय समाचार

संविधान दिवसमा पनि रोकिएनन बालेन टुकुचा खोला उत्खनन कार्य जारी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

आज असोज ३ गते संविधान दिवसको अवसरमा देश भरिका विभिन्न सरकारी कार्यलय हरुमा बिदा रहेको भएपनि काठमाडौ महानगरपालीकाले भने टुकुचा खोलामाथि निर्माण गरिएका अनधिकृत संरचना हटाउने अभियान जारी राखेको छ।

पाटन जिल्ला अदालतले टुकुचामाथिको अनधिकृत संरचना नहटाउन आइतबार आदेश दिएको भएपनि महानगरले अदालतको आदेशबारे केही जानकारी नआएकोले आफ्नो अभियान निरन्तर रहने जनाएको छ।

बिज्ञापन

महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले अदालतले जारी गरेको आदेशको लिखित जानकारी महानगरले नपाएको बताए । उनले भने, ‘अदालतले के निर्देशन दिएको हो त्यसबारेमा हामीलाई कुनै जानकारी छैन । केहि कुरा बाहिर आएको तर सही हो कि गलत हो भन्ने जानकारी पत्र महानगरलाई प्राप्त नभएकोले त्यो बारेमा केहि भन्न सकिँदैन उनले थप्दै भने अदालतको आदेश सम्बन्धमा कार्यालयमा कुनै जानकारी नआएको र त्यस्तो जानकारी प्राप्त भए अदालतको सम्मान गर्ने बताए ।

टुकुचा माथीको अतिक्रमण हटाउन आज महानगरले कमलादी स्थित लक्ष्मी बैंक उत्तरतर्फ निर्माणाधीन भवन नजिक डोजर चलाइरहेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।