बिश्व

सधै हसाउने राजु रुवाएर गय

बिज्ञापन

असोज ५ काठमाडौ सधै हरेक कुरालाई हासोमा परिणत गरि सबैलाई हसाउने भारतीय हास्य कलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ ।
उनको दर्शक हरुको हासो उनले संसार छोडे संगै रुवाइमा परिणत भएको छ।

बिज्ञापन

केहि दिनयता दिल्लीको अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्समा उपचार गराइरहेका श्रीवास्तवको हृदयघातका कारण मृत्यु भएको हो ।
उनलाई दैनिकी व्यायामका क्रममा हृदयघात भएको भारतीय सञ्चार माध्ययमहरुले जनाएको छ ।

हास्य कलाकार श्रीवास्तव हरेक परिस्थितिलाई सबैलाई हसाउने खालका कमेडी तयार गरि सही समयमा दर्शक हँसाउन सक्ने सफल हास्य कलाकारको रुपमा चर्चित थिए ।
उनले सन् २००५मा कमेडी सो द ग्रेट इन्डियन लाफ्टर च्यालेन्जको पहिलो सिजनबाटै ख्याति प्राप्त गरेका थिए भने बिग बोस को तेस्रो संस्करणमा समेत सहभागी हुदै भारतका थुप्रै हिन्दी तथा भोजपुरी चलचित्रमा समेत काम गरेका थिए

बिज्ञापन