निर्वाचन बहिस्कार घोषणा गरेका चार दलले सार्वजनिक गरे संघर्षका कार्यक्रम

काठमाडौं । आसन्न निर्वाचन बहिस्कार घोषणा गरेर चार वामपन्थी राजनीतिक दलले संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।
निर्वाचन बहिस्कार घोषणा गरेका नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा मसाल र माओवादी कम्युनिष्ट पार्टी नेपालले सोमबार संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

महंगी, बेरोजगारी, उपभोग्य वस्तुको अभाव, भ्रष्टाचार, कोभिड, डेंंगुलगायतका रोगव्याधि झेलिरहेका नेपाली जनतामाथि थोपरिएको निर्वाचन बहिष्कार गरेका बताएका उनीहरुले विरोध र संघर्षका कार्यक्रम सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
विज्ञप्तिमा उल्लेख गरिएअनुसार संघर्षका कार्यक्रमहरुः
असोज २३ गते – चितवन
असोज २५ गते – जनकपुर
असोज ३१ गते – विराटनगर
कात्तिक २ गते – पोखरा
कात्तिक ४ गते – बुटवल
कात्तिक १७ गते – सुर्खेत
२०७९ कात्तिक १९ गते – धनगढी
२०७९ कात्तिक २३ गते – काठमाडौं
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
