रुसी विद्यालयमा एक व्यक्तिले गोली चलाउदा कम्तीमा १५ जनाको मृत्यु

असोज ११ –रुसमा विद्यालयमा भएको गोलीकान्डमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । मध्य रसियाको आफ्नो पुरानो विद्यालयमा सोमबार एक व्यक्तिले गोली चलाएको अधिकारीहरूले बताएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आंशिक परिचालनको विरोधमा देशभर प्रदर्शन भइरहेका बेला विद्यालयमा नरसंहार भएको हो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजेभस्क सहरमा भएको ‘अमानवीय आतंकवादी हमला’ भत्र्सना गरेका छन् । गोली हान्ने व्यक्ति नव फासीवादीसमूहसँग आवद्ध रहेको बताइएको छ ।

अन्वेषकहरूका अनुसार आक्रमणकारीले नाजीको प्रतीकसहितको कालो टप लगाएको थियो । सन् १९८८ मा जन्मिएका आक्रमणकारीले सोही विद्यालयबाट स्नातक गरेका थिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
