राजनीति

चामलको बोरामा बाइबल वितरण गरेको देखेपछि राजतन्त्र चाहिन्छ भन्ने निष्कर्षमा पुगे : रवीन्द्र मिश्र

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै रवीन्द्र मिश्रले समाजमा फैलिएको धर्म परिवर्तनको विकृत अवस्था देखेर राजतन्त्र स्थापनाको निष्कर्षमा पुगेको बताएका छन् । 

बुधवार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘जुन ढंगबाट नेपालमा चामलको बोरामा हालेर बाइबल वितरण गरिन्छ, पशुपति परिसरमा बाइबल वाचन गरिन्छ । बालबच्चालाई बाइबल वितरण गरिन्छ । यो ठीक होइन । यो सबै देखेपछि यो देशमा राजतन्त्र हुनुपर्ने रहेछ भन्ने निष्कर्षमा पुगे ।’

बिज्ञापन

२०६२/६३ को आन्दोलनको बेला आफूले राजदरबार भत्काएर त्यसको ठाउँमा ‘दिल्ली दरबार’ नबनाउ भनेर वकालत गरेको पनि उनले बताए ।  

‘जुन ठाउँमा राष्ट्रपतिको संस्था, प्रधानमन्त्रीको संस्था, अख्तियारले इमान्दारीपूर्वक काम गर्दैनन् । कुनै पनि संस्थाले राम्रोसँग काम गर्न नसक्ने ठाउँमा आगो लाग्यो भने कसले सम्हाल्ने ? राजनीति गर्ने भनेको देशकै लागि हो । देशको लागि राजनीति नहुँदा स्रोत, साधन सम्पन्न देशका जनताले दुःख पाए’, उनले भने । 

‘देश लामो समयदेखि विकृतिबाट गाँजियो । नियतिले रजाइँ गर भनेर यो देश दिएको होइन । संघीयता आर्थिक, राजनीतिक रूपमा धान्न सकिँदैन । अखण्डताको हिसाबले पनि संघीयता धान्न सकिँदैन’, उनले भने ।  

‘विचारभन्दा माथि देश’ भनेर पुस्तक लेखेपछि नागरिक समाजको ठूलो तप्काले पश्चगामी, प्रतिगामी भन्ने आरोप लगाएको भन्दै उनले कार्यक्रममा आक्रोश पोखेका थिए । 

पश्चगामी भनेर आरोप लगाएको भन्दै उनले कांग्रेसका नेता र कार्यकर्ताप्रति आक्रोश व्यक्त गरेका थिए । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।