घटना

गुल्मीमा जिप दुर्घटना हुँदा २ जना घाइते

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

रूपन्देही । गुल्मीमा जिप दुर्घटना हुँदा २ जना घाइते भएका छन् । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार गएराती रेसुङ्गा नगरपालिका-४ अर्खलेमा जिप दुर्घटना भएको हो ।

१० जना यात्रु लिएर बुटवलबाट गुल्मीको अर्जेतर्फ गएको लु १ ज ४४४८ नम्बरको जिप तम्घास-सिमलटारी सडक खण्ड अन्तरगत अर्खलेमा दुर्घटना हुँदा रुपन्देही बुटवल-१४ कि ३५ वर्षीया देवकला अर्याल र जिप चालक २६ वर्षीय कृष्ण सुनार घाइते भएका छन् ।

बिज्ञापन

उनीहरुलाई उद्दार गरी थप उपचारका लागि सदरमुकाम तम्घास ल्याइएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।