Climate

सुदुर पश्चिममा थप भारिबर्षाहुने जल तथा मौसम विज्ञान विभागको अनुमान

बिज्ञापन

कैलाली पानी पार्ने मौसमी प्रणाली पश्चिमतर्फ सरेकोले सुदुरपश्चिम ,कर्णाली र लुम्बिनी प्रदेशमा थप भारी वर्षा हुने अनुमान गरिएको छ ।

बिज्ञापन

पछिल्लो केहि समय यता पानी पार्न प्रणाली पश्चिमतर्फ सरेकाले सुुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम बिभागले जनाएको छ।

बिभागका अनुसार आज वर्षाको सबैभन्दा धेरै असर कर्णाली र सुदूरपश्चिम प्रदेशमा पर्ने अनुमान रहेको छ भने अन्य प्रदेशहरुमा आज हल्कादेखि मध्यम वर्षाको पनि अनुमान गरिएको छ ।

बिहीवार राति भन्दा धेरै आज कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी बर्षाहुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।
भोलि पनि सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा ठूलो वर्षाको अनुमान गरिएको छ ।

वर्षाका कारण नदी तथा खोलामा बाढी आउने भएकाले आम नागरिकले सकेसम्म खोला त्यस्तो जोखिम बाट जोगिन त्यसतर्फ नजान पनि मौसमविद्को सुझाव रहेको छ ।  

बिज्ञापन