राष्ट्रिय समाचार

मत सर्वेक्षण गर्नेलाई कारबाही हुन्छ: निर्वाचन आयोग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

आयोगका सहायक प्रवक्ता कमल भट्टराईले बिहीबार प्रेस विज्ञप्ति जारी गरी निर्वाचन आचारसंहिता लागू भइसकेकाले मत सर्वेक्षण नगर्न आग्रह गरेका छन्। कतिपय व्यक्तिले सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण गरेको तथा त्यसको नतिजा सार्वजनिक गरेको पाइएको आयोगले जनाएको छ।

आयोगले उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि मतदान सम्पनन नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामका सम्बन्धनमा कुनै मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नपाइने व्यवस्था भएको स्मरण गराएको छ।

बिज्ञापन

आयोगले भनेको छ, ‘कोही कसैले मत सर्वेक्षण गरेमा कानून बमोजिम कारबाही हुने व्यवरो सम्बन्धित सबैलाई जानकारी गराइन्छ।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।