विजय गच्छेदार र प्रभु साहसहित ९ जनाको उम्मेदवारी खारेज गर्न सर्वोच्चमा रिट

काठमाडौं । आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएका ९ जनाको उम्मेदवारी खारेज गर्न सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।अधिवक्ता अनिल आचार्यले ९ जनाको उम्मेदवारी खारेज गर्न माग गर्दै बिहीबार रिट दर्ता गरेका हुन् ।
बालुवाटार प्रकरणमा मुछिएको विजयकुमार गच्छादारसहित प्रभु साह, गोविन्दराज जोशी, सरिता गिरी, विक्रम पाण्डे, टेक बहादुर गुरुङ, लक्ष्मी महतो, युद्ध विक्रम तामाङ र रेवतराज पुरीकोे उम्मेदवारी खारेज गर्न रिट दायर गरेका हुन् ।

रिटमा भनिएको छ, ‘प्रस्तुत विषयमा तत्काल अन्तरिम आदेश जारी नगरेको अवस्थामा विपक्षीहरुले प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्यको उम्मेदवार बनि निर्वाचनमा भाग लिन पाउने भएकोले देश र जनताको भावना तथा भविष्यमाथि शक्ति सन्तुलनको रोहमा हुने अपुरणीय क्षतिलाई न्युनिकरण गर्नको लागि विपक्षीहरुको नाममा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश समेत जारी गरीपाऊँ ।’
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
