घटना

प्युठानमा जीप दुर्घटना , चालकसहित तीन जनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

२९ असोज,प्युठान । प्युठानमा शुक्रबार जीप दुर्घटना हुँदा चालकसहित तीन जनाको ज्यान गएको छ । प्युठानको बाग्दुलाबाट डामृतर्फ जाँदै गरेको लु १ ज १५४५ नम्वरको जीप जिल्लाको नौबहिनी गाउँपालिका–६ बहाने नजिकैको खहरे खोलामा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा नौबहिनी गाउँपालिका– ५ डामृका रेमसरा बुढामगरकी २५ दिने शिशु चेतना बुढा, ४ बर्षीया करुणा बुढामगर र सोही ठाउँ निवासी जीप चालक समेत रहेका २५ बर्षीय लुकेश थापा रहेका छन् ।

बिज्ञापन

दुर्घटनामा गम्भीर घाइते भएका ३० वर्षीय दलबहादुर खत्री र १२ वर्षीय अस्मपतालमा पुनमगरको प्यूठान अस्तालमा उपचार भइरहेको छ । जीपमा १८ जना सवार रहेकामा १३ जना सामान्य घाइते छन् । उनीहरुको बिजुवार अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार जीप अनियन्त्रित भई सडकदेखि करिब ४० मिटर तल खसेर दुर्घटना भएको हो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।