राष्ट्रिय समाचार

जोशीको निधनले स्तब्ध : प्रचण्ड

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको खबरले स्तब्ध भएको बताएका छन् ।

आइतबार जोशीको निधन लगत्तै विज्ञप्ति जारी गरी उनले निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै गरेका छन् । संस्कृतिविद् जोशीको उपचारका क्रममा आज बिहान ७ः९ मिनेटमा ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा निधन भएको हो ।

बिज्ञापन

नेपाली कला, साहित्य र भाषा संस्कृतिलाई नेपाल र विश्वभर चिनाई स्थापित गर्न जोशीले गरेको योगदान सम्पूर्ण नेपालीका लागि चिर स्मरणीय रहेको प्रचण्डको भनाइ छ ।

१०३ वर्षको उमेरमा पनि जाेशीकाे जाेशीको क्रियाशीलता विश्वभरिका मानव समुदायलाई उत्प्रेरणाको स्रोत बनेर रहने उनले विज्ञप्तिमार्फत् उल्लेख गरेका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।