खेलकुद

भारतले आफ्नो देशमा एसिया कप नखेले भारतमा हुने विश्वकप पनि पाकिस्तानले नखेल्ने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

एजेन्सी । भारत र पाकिस्तानबीचको विवाद फेरि सतहमा आएको छ ।

क्रिकेटका माध्यमबाट विवाद बाहिर आएको हो । भारतले पाकिस्तानमा हुने एसिया कप नखेले भारतमा हुने विश्वकपमा पनि पाकिस्तान सहभागिता नहुने उसले चेतावनी दिएको छ ।

बिज्ञापन

यसअघि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले एसिया कपमा भारत तटस्थ स्थानमा खेल्न चाहेको बताएका थिए । त्यसपछि पाकिस्तानले भारतमा अर्को वर्ष हुने विश्वकप प्रतियोगिताबाट बाहिरिने चेतावनी दिएको हो ।

मुम्बईमा भएको बिसिसिआईको ९१औं वार्षिक साधारण सभामा बिसिसिआईका सचिव तथा एसियन क्रिकेट काउन्सिलका अध्यक्ष शाहले उनले एसिया कप २०२३ तटस्थ स्थानमा हुने बताएका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।