राजनीति

मंसिर ४ पछि जनकपुरको रेलभन्दा छिटो विकासले गति लिन्छ : ओली

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार काम गर्नको लागि नबनेको टिप्पणी गरेका छन् । शुक्रवार राष्ट्रियसभामा आदिवासी जनजातिसँग चुनावलक्षित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मंसिर ४ गते जनताको महाअदालतले महान् फैसला गर्ने बताए।

लोक कल्याणकारी विज्ञापन

ओलीले भने, ‘हामीले रेल ल्याउँछौँ भन्दा मजाकमा उडाउँथे। अस्ति म चढेर आएँ। तर, रेल खचाखच हुने रहेछ। मलाई त्यहाँका अफिसरहरूले भने रेल थपिदिनुपर्‍यो भनेर। नत्र एकदमै कोचाकोच भयो रेलमा। रेल विस्तार र गर्नुपर्‍यो। पूर्वपश्चिम रेलमार्ग निर्माणको लागि मार्ग तयार गरिसकेका छौँ। मुआब्जा दिने काम भइरहेको छ। यो सरकारले काम गरेको छैन। यो काम गर्न जन्मिएको सरकार पनि होइन।’

लोक कल्याणकारी विज्ञापन

अब मंसिर ४ पछि जनकपुरको रेल भन्दा छिटो विकासले गति लिने बताए। उनले भने, ‘हाइवेको गाडिभन्दा छिटो विकासको गति तीव्र गतिमा चुनावपछि बन्ने एमाले सरकारले लिन्छ। मंसिर ४ मा गाउँ गाउँमा महाअदालत बसेर महाफैसला गर्दैछ। त्यो सही फैसला हुन्छ। साथीहरू लाग्नुस्।’

बिज्ञापन

अदालतले सरकार सरकार हटाएजस्तो नहुने भन्दै सत्ता गठबन्धनलाई कटाक्ष समेत गरे।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन