मंसिर ४ पछि जनकपुरको रेलभन्दा छिटो विकासले गति लिन्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार काम गर्नको लागि नबनेको टिप्पणी गरेका छन् । शुक्रवार राष्ट्रियसभामा आदिवासी जनजातिसँग चुनावलक्षित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मंसिर ४ गते जनताको महाअदालतले महान् फैसला गर्ने बताए।
ओलीले भने, ‘हामीले रेल ल्याउँछौँ भन्दा मजाकमा उडाउँथे। अस्ति म चढेर आएँ। तर, रेल खचाखच हुने रहेछ। मलाई त्यहाँका अफिसरहरूले भने रेल थपिदिनुपर्यो भनेर। नत्र एकदमै कोचाकोच भयो रेलमा। रेल विस्तार र गर्नुपर्यो। पूर्वपश्चिम रेलमार्ग निर्माणको लागि मार्ग तयार गरिसकेका छौँ। मुआब्जा दिने काम भइरहेको छ। यो सरकारले काम गरेको छैन। यो काम गर्न जन्मिएको सरकार पनि होइन।’

अब मंसिर ४ पछि जनकपुरको रेल भन्दा छिटो विकासले गति लिने बताए। उनले भने, ‘हाइवेको गाडिभन्दा छिटो विकासको गति तीव्र गतिमा चुनावपछि बन्ने एमाले सरकारले लिन्छ। मंसिर ४ मा गाउँ गाउँमा महाअदालत बसेर महाफैसला गर्दैछ। त्यो सही फैसला हुन्छ। साथीहरू लाग्नुस्।’
अदालतले सरकार सरकार हटाएजस्तो नहुने भन्दै सत्ता गठबन्धनलाई कटाक्ष समेत गरे।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
