कांग्रेसले आज चुनावी संकल्प पत्र सार्वजनिक गर्ने
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । सत्तागठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आज घोषणापत्र सार्वजनिक गर्दैछ । कांग्रेसले घोषणापत्रलाई संकल्प पत्र भनेको छ । आइतबार साँझ ५ बजे सार्वजनिक गर्ने भनिएपनि प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाको व्यस्तताले कार्यक्रम एक दिनपछि सारिएको थियो ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सोमबार विहान १०:३० बजे संकल्प पत्र सार्वजनिक गरिनेछ । प्रधानमन्त्री देउवाले संकल्प पत्र सार्वजनिक गर्ने कांग्रेसले जनाएको छ ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
